जनकपुरमा १ करोड २० लाखमा कोरोना खोप भडारण गृह निर्माण हुने


जनकपुरधाम : प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा पनि सरकारले कोभिड–१९ विरुद्धको खोप भण्डारण गृह निर्माण गर्ने भएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको विरुद्धमा लगाइने खोप सुरक्षित एवं उचित व्यवस्थापन गर्नका लागि शहरी विकास मन्त्रालयले सातवटै प्रदेशमा एक/एक वटा तथा एउटा केन्द्रीयस्तरमा भण्डारण गृह निर्माणको कार्यलाई अगाडि बढाएको हो ।

सोहीअनुसार जनकपुरस्थित ग्रामीण विकास प्रशिक्षण केन्द्रको परिसरमा भण्डारण गृह निर्माण गरिँदैछ । भण्डारण गृह १ करोड २० लाखको लागतमा तयार हुनेछ । यहां निर्माण हुने भण्डारण गृहको बोलपत्र स्वीकृत भई कार्य सम्झौता गर्न पत्राचार भइसकेको छ ।

कार्यादेश दिएको दुई महिनाभित्र निर्माण कार्य सम्पन्न भई प्रयोग गर्न मिल्ने बताइएको छ । सो भण्डारण गृहमा प्रदेशका लागि आवश्यक खोप भण्डारण गरिनेछ ।

प्रकाशित : २०७७ फाल्गुन ११, मंगलवार १२:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ