विप्लव समूहका महोत्तरी-सर्लाही इन्चार्ज पक्राउ


जनकपुरधाम : विप्लव नेतृत्वको नेकपाका महोत्तरी- सर्लाही इन्चार्जलाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीका अनुसार महोत्तरी- सर्लाही इन्चार्ज कमलबहादुर सुस्लिङलाई आइतबार साँझ पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय (गौशाला) को प्रहरी टोलीले महोतरी, गौशाला नगरपालिका- ११ तारेचौरीमा लुकेर बसेको अवस्थामा सुस्लिङलाई पक्राउ गरेको हो । थप अनुसन्धनका लागि उनलाई जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।

चन्दा आतंक मच्चाएको भन्दै प्रहरीले उनलाई सर्वाधिक खोजीको सूचीमा राखेको थियो ।

प्रकाशित : २०७७ फाल्गुन १७, सोमबार १६:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ