जनकपुर साहित्य महोत्सव बन्यो विवादित, शर्माद्वारा बहिष्कार


जनकपुरधाम : आजबाट जनकपुरधाममा सुरु हुने जनकपुर साहित्य महोत्सव अब विवादमा तानिएको छ ।

साहित्य महोत्सवमा विभिन्न प्यानलमा महिला वक्ता नभएको र अधिकांश पुरुषको मात्र उपस्थिति रहेको भन्दै यो विवादमा तानिएको हो ।

कार्यक्रमका एक वक्ता हरि शर्माले त आफ्नो प्यानलमा महिला वक्ता नभएको भन्दै यसलाई बहिष्कार गर्ने घोषणा गरेका छन् ।

सोही ट्विटलाई रिट्विट गर्दै सेतोपार्टीका प्रधानसम्पादक अमित ढकालले पनि आफूले मोडरेसन गर्ने भनिएको उक्त सेसन नगर्ने जनाएका छन् ।

– फरकधार

प्रकाशित : २०७७ फाल्गुन १९, बुधबार १२:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ