२२ तोला सुनसहित भारतीय नागरिक पक्राउ


काठमाडौं : काठमाडौंको नागढुंगाबाट २२ तोला सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

चन्द्रागिरि नगरपालिका-२ नागढुंगास्थित चेकपोइन्टबाट भारतका ३१ वर्षीय टपस सम्सालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतले जानकारी दिए ।

बुधबार साँझ पौने ६ बजे चेकपोइन्टमा प्रहरीले उनीमाथि चेक गरेको थियो । प्रहरीले सम्सा चढेको ना १ ज ७९२१ नम्बरको टाटा सुमो गाडीमा चेक गर्दा २२ तोला ३२ लाल सुन फेला पारेको थियो ।

एसपी बस्नेतका अनुसार उनीबाट २४ थान सुनको सिक्री बरामद गरेको हो । थप अनुसन्धान गर्न प्रहरीले उनलाई राजस्व अनुसन्धान विभाग, हरिभवनमा लगेको छ ।

प्रकाशित : २०७७ फाल्गुन २०, बिहीबार १८:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ