विप्लवमाथिको प्रतिबन्ध फुकुवा, १७० कार्यकर्ता रिहा गर्न गृहको सर्कुलर


काठमाडौं : सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले वार्तामा भएको सहमति अनुसार प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले सरकारी वार्ता टोली र विप्लव समूहको वार्ता टोलीबीच भएको ३ बुँदे सहमतिलाई पनि अनुमोदन गरेको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बताए ।

यस्तै गृह मन्त्रालयले हिरासतमा रहेका विप्लवका नेता कार्यकर्तालाई छाड्न सर्कुलर जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयमार्फत चलेका करिब १७० जना विप्लव समूहका कार्यकर्तालाई भोलिसम्म छाड्न सर्कुलर जारी गरिएको गृह मन्त्रलायलका प्रवक्ता चक्र बहादुर बुढाले बताए ।

वार्तामा भएका सहमति सहित सरकार र विप्लव पक्ष शुक्रबार सार्वजनिक कार्यक्रममार्फत जनता समक्ष प्रस्तुत हुँदैछन् । कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र विद्रोही नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सम्बोधन गर्दैछन् ।

प्रकाशित : २०७७ फाल्गुन २०, बिहीबार १९:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ