सार्वजनिक भए विप्लव


काठमाडौं : सरकारसँगको वार्ता सफलपछि प्रतिबन्ध हटेको नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव आज नवलपरासीबाट सार्वजनिक भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँगै सहमतिमा हस्ताक्षर गर्न काठमाडौं आउन लागेका विप्लवलाई नवलपरासीका पार्टी कार्यकर्ता र शहीद परिवारले स्वागत गरेका छन् ।

उनी त्यहाँ शहीद परिवारलाई भेटेर काठमाडौं आउन लागेको विप्लव सम्बद्ध पत्रकार संगठनका निवर्तमान अध्यक्ष प्रकाश डुम्रेले बताएका छन् ।

विप्लवलाई सरकारले हेलिकोप्टर लिन पठाउने भने पनि उनी गाडीबाट अपरान्ह १२ बजेसम्म काठमाडौं आउने तय भएको छ । आजै २ बजे दिउँसो प्रधानमन्त्री ओली र महासचिव विप्लवले सहमतिपत्रमा हस्ताक्षरसहित एउटै मन्चबाट सम्बोधन गर्दैछन् ।

प्रकाशित : २०७७ फाल्गुन २१, शुक्रबार ०९:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ