एम्बुलेन्सको ठक्करबाट घाइते भएकी चौधरीको मृत्यु


सुनसरी : कोसी राजमार्गमा बाटो काट्दै गरेकी वृद्धालाई एम्बुलेन्सले ठक्कर दिँदा मृत्यु भएको छ ।प्रहरीका अनुसार सुनसरी दुहबी नगरपालिका-८ की ६५ वर्षीया जगवती चौधरीको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको हो ।

मंगलबार साँझ ६ बजे सोनापुर चोकस्थित कोसी राजमार्गमा प्रदेश १-०२-००२च३८४८ नम्बरको एम्बुलेन्सले चौधरीलाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी उनको राति १२ बजे नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

एम्बुलेन्स र चालक पाँचथर तुम्बेवा बस्ने चन्द्र राई नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

प्रकाशित : २०७७ फाल्गुन २२, शनिबार १०:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ