रामनाम मानस महायज्ञ सुरु


राजविराज : सप्तरीको बलान बिहुल गाउँपालिका ४ बेल्हीमा अन्तर्राष्ट्रिय स्तरको रामनाम मानस महायज्ञ शुरु भएको छ ।

महायज्ञको उद्घाटन अध्यक्ष दयानन्द गोईतले गरेका हुन् । ४० लाखको बजेटममा आयोजना गरिएको महायज्ञमा नेपालका साथसाथै छिमेकी मुलुक भारतबाट समेत हजारौं भक्तजन आउने यज्ञ समितिका अध्यक्ष शंकर गुप्ताले बताए ।

देव दास निर्माण छुट गुठी रामरतन दासद्धारा शुरु गरिएको उक्त महायज्ञको कलश यात्रामा हजारौंको संख्यामा भक्तजन सामेल भएका थिए । अध्यक्ष गुप्ताले महायज्ञ फाल्गुन २२ गते देखि लगातार १० दिन सम्म चल्ने बताए ।

यज्ञमा साठी हजार भन्दा वढी मानिस सहज रुपमा अटाउने भौतिक पूर्वाधारको निर्माण गरिएको छ । यस महायज्ञमा भारतको अयोध्या बाट डा. मानस मधुकरले प्रवचन दिन्छन् । १५१ किसिमका मूर्तिहरु बनाईएको छ ।

प्रकाशित : २०७७ फाल्गुन २२, शनिबार २२:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ