विपन्न महिलालाई साडी, सेनेटरी प्याड र मास्क वितरण


राजविराज : सप्तरीको रुपनी गाउँपालिकामा पनि १११ औं अन्तराष्ट्रिय महिला दिवस मनाइएको छ । गाउँपालिकाको कार्यालय र विभिन्न संघसंस्थाले संयुक्त रुपमा महिला दिवस मनाएको हो ।

महिला दिवसको अवसरमा गाउँपालिकाको ६ वडाकी १२ विपन्न महिलालाई साडी, सेनेटरी प्याड र मास्क वितरण गरिएको सामाजिक अभियन्ता सुनिता साहले जानकारी दिइन् । उनले महिलाहरुप्रति हुने दुव्र्यवहार, शोषण तथा दमनलाई अन्त्य गर्न समाजका हरेक व्यक्तिले भूमिका खेल्न आवश्यक भएको बताइन् ।

उनले महिला हिंशा दिनप्रतिदिन बढ्दै गएको भन्दै सरकारले कठोर कानून बनाएर हिंसा गर्नेहरुलाई कानूनी कठघरामा उभ्याउनुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘कानून बन्छ तर कार्यान्वयण हुँदैन । अब कार्यान्वयणमा जोड दिनुपर्छ । यसतर्फ सरकारको ध्यानाकर्षण होस् ।’

महिला दिवसको अवसरमा रुपनीमा र्याली समेत निकालिएको थियो । महिला हिंशा अन्त्य गर, महिलालाई समान अधिकार देउ, महिला हिंसा रोक्न कठोर कानून बनाउ जस्ता नारा र्यालीमा सहभागीहरुले लगाएका छन् ।

प्रकाशित : २०७७ फाल्गुन २५, मंगलवार ०९:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ