त्रिशूलीमा खस्यो ट्रक : चालक र सह-चालकको मृत्यु


काठमाडौं : त्रिशूलीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मंगलबार बिहान पौने १ बजे बेनिघाट रोराङ गाउँपालिका-१० तिङग्राङखानीस्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा ट्रक खसेको थियो ।

इलाका प्रहरी कार्यालय, गजुरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) भोजराज पाण्डेका अनुसार रूपन्देहीबाट काठमाडौं सिमेन्ट बोकेको ट्रक नदीमा खसेको हो ।ट्रक खस्दा चालक काभ्रे बनेपा नगरपालिका नालाका ४५ वर्षीय विष्णु घिमिरे र सहचालक २८ वर्षीय सुमन सञ्जेलको मृत्यु भएको इन्स्पेक्टर पाण्डेले बताए ।

पाण्डेका अनुसार उनीहरूको ट्रककै क्याबिनमा थिचिएर मृत्यु भएको हो । क्याबिनमा च्यापिएका उनीहरूको शव प्रहरीले तीन घण्टा लगाएर निकालेको थियो ।

पोस्टमार्टमको लागि दुबैको शव प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पठाइएको छ । घटना के कसरी भएको भन्ने अनुसन्धान भइरहेको इन्स्पेक्टर पाण्डेले बताए ।

प्रकाशित : २०७७ फाल्गुन २५, मंगलवार १४:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ