रेशम चाैधरीलाई छुटाउनेबारे सरकार सकारात्मक


काठमाडाैं : जसपा सांसद रेशम चौधरीलाई रिहा गर्न सरकार सकारात्मक भएको एमाले नेता सुवास नेम्बाङले बताएका छन् ।

प्रतिनिधिसभाको बैठकपछि पत्रकारसँग कुरा गर्दै नेता नेम्बाङले भने, ‘जसपाको मागलाई लिएर सरकार सकारात्मक छ, कानुनबमोजिम हामी अगाडि बढेका छौं, यसबारे सरकार सदा सर्वदा सकारात्मक छ ।’

बहुमत गुम्ने खतरा छ भन्ने प्रश्नमा उनले भने, ‘सर्वोच्चको फैसलापछि संसदमा रहेका दलले आफ्नो स्थिति प्रस्ट नगरेका र सरकारलाई दिएको समर्थनबारे पनि नबोलेका र अहिल्यै नै भन्न हतारो हुन्छ ।’

जसपासँग निरन्तर कुरा भएको र रेशम चौधरीलगायत मधेश आन्दोलनका विषयमा मधेशी दल गम्भीर भएका पनि उनले बताए ।

प्रकाशित : २०७७ फाल्गुन २६, बुधबार २०:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ