जनकपुरबाट कर अधिकृत र एक दलाल घुस रकमसहित पक्राउ


सिबेन्द्र रोहिता, जनकपुरधाम : आन्तरिक राजश्व कार्यालय जनकपुरका कर अधिकृत र एक दलाललाई घुस लिँदालिँदै अख्तियारको टोलीले पक्राउ गरेको छ ।

जनकपुरस्थित अन्नपूर्ण होटलबाट अख्तियारको कार्यालय बर्दिवासको टोलीले कर अधिकृत रमेश ढकाल र दलाल नविन कर्णलाई पक्राउ गरेको हो । डेढ लाख रुपैया घुस रकम समेत बरामद भइसकेको अख्तियारका एक अधिकारीले बताए ।

अहिले अख्तियारको टोलीले होटलमा कानूनी प्रक्रिया पुर्याउन व्यस्त छन् । दुबै जनालाई आवश्यक कारबाहीका लागि बर्दिबास कार्यालय लगिने बताइएको छ ।

प्रकाशित : २०७७ फाल्गुन २६, बुधबार २०:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ