नेपाली खाना विश्वभर चिनाएका सिरहाका सन्तोषलाई बेलायती राजदूतको बधाई


काठमाडौं : नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले सेफ सन्तोष साहसँग भेटवार्ता गरेकी छन् । राजदूत पोलिटले सन्तोषलाई बेलायत लगायत विश्वभर नेपाली खाना चिनाउन लागिपरेको भन्दै बधाई दिएकी हुन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छन्, ‘सेफ सन्तोष साहसँग आज निकै रमाइलो कुराकानी भयो, नेपाली खानालाई बेलायत र विश्वभर प्रसिद्ध पार्ने उनको योजनाहरू सुनेर धेरै खुशी छु, बेलायती दूतावासको तर्फ बाट वहालाई शुभकामना छ ।’

साह ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ को उपविजेता हुन् ‌। उनले विश्व मञ्चमा नेपाल र नेपाली खाना चिनाउन सफल भएका थिए ।

सिराहाको कर्जन्हामा जन्मेका साह गत २० वर्षदेखि सेफका रुपमा कार्यरत छन् । उनी १० वर्षदेखि बेलायतमै काम गरिरहेका छन् ।

प्रकाशित : २०७७ फाल्गुन २७, बिहीबार ०९:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ