प्रधानमन्त्रीसँग जसपाले राख्यो तीन शर्त


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा आज भएको वार्तामा जनता समाजवादी पार्टीले सरकारमा सहभागी हुन तीन शर्त अघि सारेको छ ।

पार्टीको बटमलाइन भन्दै जसपाका नेताहरुले ती शर्तहरु राखेका हुन् । वार्तामा सहभागी नेता लक्ष्मणलाल कर्णका अनुसार रेशम चौधरीसहित पार्टीका कैदीबन्दीको रिहाइ, मुद्दा फिर्ता र संविधान संशाेधनलाई शर्त बनाइएको छ । यसमा प्रधानमन्त्रीले सकारात्मक जवाफ दिएको उनले बताए ।

भोलिदेखि कार्यदल स्तरमा कुराकानी हुने समझदारी पनि बैठकमा भएको छ ।

प्रकाशित : २०७७ फाल्गुन २७, बिहीबार २०:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ