लहान मालपोतमा विस्फोट हुँदा को–को घाइते भए ? हेर्नुस् विवरण


जनकपुरधाम : सिरहाको लहानस्थित मालपोत कार्यालयमा आज दिउसो भएको बम विस्फोटमा ८ जना घाईते भएको विवरण प्राप्त भएको छ । घाईते मध्ये एक कर्मचारी, एक लेखापढी व्यावसायी र ६ सेवाग्राही छन् ।

घाईतेको विवरण :

१) शिव कुमार यादव, नायब सुब्बा (बिष्णपुर गाउँपालिका, सिरहा)

२) भोला बहादुर मगर, लेखापढी व्यवसायी

३) लक्ष्मी राना (३५), गोलबजार नगरपालिका ६ सिरहा

४) बेचनी मगर, गोलबजार नगरपालिका ६ सिरहा

५) लाल बहादुर बिश्वकर्मा (५२), सिरहा नगरपालिका १६

६) फूलकुमारी ठाकुर (३८), गोलबजार, सिरहा

७) बद्रिनारायण यादव (५४), भगवानपुर गाउँपालिका, सिरहा

८) दिनेश भण्डारी (३५), धनगडीमाई नगरपालिका ४ सिरहा

घाईते ८ जनामध्ये सोही कार्यालयका नायब सुब्बा शिव कुमार यादवलाई एम्बुलेन्समार्फत विराटनगर लगिएको छ भने सेवाग्राही दिनेश भण्डारीलाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ ।

संघीय सरकारका कानूनमन्त्री लिलानाथ श्रेष्ठले आफैले पहल गरी हेलिकप्टर मगाएका थिए । उनले घटनाप्रति दुःख व्यक्त गरेका छन् । घाईतेहरुको उपचारमा कुनै समस्या नहुने पनि बताएका छन् ।

विस्फोट जयकुष्ण गोइत नेतृत्वको भूमिगत संगठन जनतान्त्रिक तराई मुक्ति मोर्चाले गराएको छ । सो समूहको घटनास्थलमा पर्चा फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ चैत्र १, आईतवार १६:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ