डरखोरियामा कब्रगाह निर्माण हुने, सांसद अरगरियाले दिए १० लाख


जनकपुरधाम : धनुषा जिल्लाको शहीदनगर नगरपालिकामा मुश्लिम समुदायको कब्रगाहको निर्माण हुने भएको छ ।

धनुषा क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य उमाशंकर अरगरियाको संसदीय विकास कोषको १० लाख लागतमा त्यहाँ कब्रगाह निर्माण गरिने भएको हो ।

यस कार्य स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गतको १० लाख रकमले शहीदनगर नगरपालिकाको वडा नम्बर २ डरखोरिया टोलमा कब्रगाहको माटो भर्ने कार्य र बाउण्ड्री वाल निर्माण गरिने मुस्लिम धर्मगुरु मौलाना माहम्द अली बक्ताले जानकारी दिए ।

आईतबार कब्रगाह निर्माण कार्यको शिलान्यास गरिएको छ । मौलानासहितकाले कब्रगाहको शिलान्यास गरेका हुन्। त्यस अवसरमा इद्रीस कबारी, मोहम्द नसारुल, अलीमन कबारी, संजीब रान यादव, अमीन नदाफ, सहमद नदाफसहितको उपस्थिति रहेको थियो ।

प्रकाशित : २०७७ चैत्र २, सोमबार ०८:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ