सांसद यादवले नै गरे प्रदेशसभा विघटनको माग


जनकपुरधाम : प्रदेश २ का सांसद नरेश यादवले प्रदेशसभा विघटन गर्न माग गरेका छन् । नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधित्व गरेका सांसद यादवले ६ महिनादेखि प्रदेशसभा बैठक नबसेको भन्दै सामाजिक सञ्जालमार्फत विघटन गर्नुपर्ने बताएका हुन् ।

‘सभामुख र सरकारको निस्क्रियताले प्रदेशसभा बैठक संचालन गर्न सकेका छैन’, उनले लेखेका छन्, ‘प्रदेशसभा औचित्यविहीन बनेको छ । त्यसैले ताजा जनादेशका लागि सम्बन्धित पक्षले अग्रसरता देखाउने अवस्था आइसकेको छ ।’

उनले प्रदेशसभाको कुनै काम नै नरहेको हुँदा किन जनताको करबाट सेवा सुविधा लिने रु भन्दै प्रश्न गरेका छन् ।

यस प्रदेशमा जनता समाजवादी पार्टी ९जसपा० ले सरकारको नेतृत्व गरिरहेको छ । तत्कालीन राजपा र समाजवादी पार्टी एकीकरणपश्चात बनेको जसपाको संसदीय दलका नेता चयन नहुँदा प्रदेशसभा बन्धक बनेको छ ।

यसअघि कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन(पत्र बुझाएरै बैठक डाक्न माग गरेका थिए । तर, मुख्यमन्त्री राउतले चासो नदेखाएको गुनासो बढ्न थालेको छ ।

प्रकाशित : २०७७ चैत्र ३, मंगलवार १३:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ