राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा नेपाल, खनाल र भट्टराई नजाने


काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेताद्वय नेताहरु माधव नेपाल र झलनाथ खनाल राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बोलाएको सर्वदलीय बैठकमा नजाने भएका छन् । नेता विष्णु रिजालले नेपाल र खनाल बैठकमा सहभागी नहुने जानकारी दिए ।

त्यस्तै, यसअघि नै जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई पनि स्वास्थ्यको कारण देखाउदै सर्वदलीय बैठकमा सहभागी नहुने बताएको थियो ।

नेकपा माओवादी केन्द्रबाट भने अध्यक्ष पुष्पकमल दाहाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ बैठकमा सहभागी हुने श्रेष्ठले जानकारी दिए ।

राष्ट्रपति भण्डारीले बदलिँदो राजनीतिक परिस्थितिमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुसँग छलफल गर्न मंगलबार दिउँसो ४ बजे शीतलनिवासमा सर्वदलीय बैठक बोलाएकी छन् ।

प्रकाशित : २०७७ चैत्र ३, मंगलवार १५:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ