केपी ओली नै सबै वितण्डाका दोषी हुन् : नेपाल


काठमाडौं : नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र देखिएको सबै वितण्डाको दोषी अध्यक्ष केपी ओली भएको आरोप लगाएका छन् ।

आफू निकट राष्ट्रिय कार्यकर्ता भेलामा बोल्दै नेता नेपालले भने, ‘अहिले पार्टीभित्र जेजस्तो परिस्थिती निर्माण भएको छ, सबै वितण्डाको मुख्य दोषी, मुख्य जिम्मेबार केपी ओली नै हुन् । ओली दोषी रहेको तथ्य प्रमाण चाहिन्छ भने एक भारी छन्- उनले थपे ।

पहिलेका प्रमाण चाहिए पुराना कम्युनिष्ट नेताहरु राधाकृष्ण मैनाली, मोहनचन्द्र अधिकारी, मुकुन्द न्यौपानेले बताउन सक्ने उनको भनाइ छ । ओलीले पूर्वाग्रह राखेर पार्टीमा गुटको सुरुवात गरेको आरोप पनि उनले लगाए ।

‘गुटको सुरुवात उहाँले गरेको हो मदन भण्डारी फाउण्डेशनको नामबाट’, अगुवा कार्यकर्ताप्रति लक्षित गर्दै नेपालले भने, ‘त्यो तपाईहरुले पनि जिल्लामा भोग्नुभएको छ, तपाइँहरु पनि पीडित हुनुहुन्छ, हामी पनि पीडित, त्यसैले पीडित-पीडित एकैठाउँमा आएकाले यो एकता अटुट रहन्छ ।’

केपी ओलीमा भएको अहंकार, गुटगत प्रवृत्ति, भजन मण्डलीबाट मुक्त नभएसम्म पार्टी चलायमान हुन नसक्ने नेता नेपालको दाबी छ ।

प्रकाशित : २०७७ चैत्र ४, बुधबार १५:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ