जसपा फुट्दैन, हामी लोभ लालचमा फस्नेवाला छेनौं : नेता यादव


काठमाडौं : जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवले आफूहरू एकढिक्का रहेको बताएको छ।

शुक्रबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै यादवले नयाँ सत्ता समीकरणका लागि आफूहरु निर्णायक भए पनि विभाजित नभएको बताए ।

यादवले भने, ‘हाम्रो बारेमा मिडियामा जसरी कुरा आएको छ कि जनता समाजवादी पार्टी अहिले निर्णायक छ । कोही यता, कोही उता होइन् जनता समाजवादी पार्टी एकढिक्का छ ।’

कसैको कारणले आफूहरु नफुट्ने भन्दै यादवले सही समयमा सही निर्णय लिने बताए ।

‘कसैको कारणले हामी फुट्नेवाला छैनौं,’ उनले भने, ‘हामी लोभ लालचमा फस्नेवाला छेनौं । विवेकपूर्ण, देशको हितमा यो मुलुकलाई अगाडि बढाउनका लागि हामी सही समयमा सही निर्णय लिन्छौं ।’

प्रकाशित : २०७७ चैत्र ६, शुक्रबार १६:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ