‘सिटीइभिटीको प्रश्नपत्र आउट भएको छैन’


जनकपुरधाम : प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) प्रदेश २ को कार्यालयले कुनै पनि परीक्षा केन्द्रबाट प्रश्नपत्र आउट नभएको स्पष्ट पारेको छ ।

शुक्रवार विहान जनकपुरमा चिट तयार पार्ने ५ व्यवसायी पक्राउ परेपछि केहि मिडियाले सिटिइभिटीको प्रश्नपत्र आउट भएको समाचार सम्प्रेशन गरेको थियो । सोही कारण सिटिइभिटी प्रदेश २ ले विज्ञप्ती जारी गरेर उक्त समाचारमा सत्यता नरहेको स्पष्ट पारेको हो ।

फोटोकाँपी सेन्टरहरुबाट चिट र पुस्तकहरु मिनिमाइज गरी विक्री वितरण गर्दै आएको पाँज जना पक्राउ परेको र उनीहरुमाथि जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको पनि सिटिइभिटीको विज्ञप्तीमा उल्लेख छ ।

हेर्नुस् विज्ञप्ती :

https://todaykhoj.com/todaykhoj2/25094
प्रकाशित : २०७७ चैत्र ६, शुक्रबार २०:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ