जनकपुरधाम १ का सयौं युवा ‘राष्ट्रिय युवा संघ’मा प्रवेश


जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका १ धर्मवान टोलका सयौं युवा नेकपा एमालेका भातृ संगठन राष्ट्रिय युवा संघमा प्रवेश गरेका छन् ।

आज विहान आयोजित कार्यक्रममा स्थानीय सयौं यूवा संघमा प्रवेश गरेका हुन् । नव प्रवेशीहरुलाई संघका केन्द्रीय सदस्यहरु दिनेश सिंह, लक्षमेश्वर यादव लगायतले स्वागत गरे । कार्यक्रमको अध्यक्षता संघका केन्द्रीय सदस्य लभ अधिकारीले गरेका थिए ।

संघको वार्ड कमिटी पनि गठन गरिएको छ । सो कार्यक्रममा संघका केन्द्रीय सदस्यहरु रोषण मण्डल, कुश कुमार यादव लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : २०७७ चैत्र ७, शनिबार ११:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ