शहिद परिवारलाई मन्त्री सोनलले दिए पम्पिङ सेट


जनकपुरधाम : खेत सिंचाई गर्नका लागि मधेस आन्दोलनका एक शहिद परिवारलाई प्रदेश सरकारले पम्पिङ सेट सहयोग गरेको छ ।

पर्साका प्रथम शहिद दिपेन्द्र साहका परिवारलाई भौतिक पूर्वाधार विकास मंत्री जितेन्द्र सोनलले पम्पिङ सेट हस्तान्तरण गरेका छन् । उनले शहिद परिवारलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रदेश सरकारले अन्य शहिद परिवारलाई पनि पम्पिङ सेट सहयोग गर्ने बताइएको छ ।

प्रकाशित : २०७७ चैत्र ७, शनिबार ११:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ