गुटबन्दी गर्नेहरुले माफी नमागे कारबाही गर्नुको विकल्प छैन : ओली


काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र गुटबन्दी गर्नेहरु कारवाहीको भागिदार भएको दाबी गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेकाे संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले पार्टीको नाम गरेर राष्ट्रिय कार्यकर्ता भेला गर्नेहरुले माफी नमागे कारवाही गर्ने चेतावनी दिएका हुन् ।

‘उहाँहरु पार्टीको निर्णयभन्दा बाहिर गएर गुटबन्दीमा लाग्नुभयो । पार्टीकै नामबाट कार्यकर्ता भेला गर्दै हिँड्नुभएको छ । उहाँहरुले माफी नमागे कारवाहीको कुनै विकल्प छैन,’ उनले भने ।

उनले पार्टीभित्रको गुटबन्दीलाई स्वीकार नगर्ने बताए । उनले भने, ‘मलाई राजीनामा माग गरिराख्नुभएको छ । क्षमता हुनेले अविश्वास प्रस्ताव ल्याएर हटाउन चुनौती दिन्छु । तर, उहाँहरु कसैले भ्याउनुहुन्न ।’

उनले पार्टीभित्रको विवादको क्रममा पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपालहरुले सक्ने भए पार्टीबाटै मात्रै नभएर नागरिकतासमेत खोस्ने दाबी गरे ।

प्रकाशित : २०७७ चैत्र ७, शनिबार १६:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ