गाँजासहित रौतहटबाट एकजना पक्राउ


जनकपुरधाम : लागुऔषध गाँजासहित एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौर नगरपालिका ४ टिकुलियाका ४४ वर्षीय झिङ्गुर भन्ने हरि किशोर सहनी रहेका छन् ।

विशेष सूचनाको आधारमा प्रहरीले घरबाटै सहनीलाई गाँजासहित पक्राउ गरेको बताइएको छ । उनको घरबाट साढे १२ किलो गाँजा बरामद भएको रौतहटका डिएसपी भरत श्रेष्ठले जानकारी दिए ।

प्रहरीले सहनीलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराई अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : २०७७ चैत्र ८, आईतवार २२:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ