रेशम चौधरीसहितको मुद्दा खारेज गर्नुपर्ने भन्दै माइतीघरमा धर्ना


काठमाडौं : प्रतिनिधिसभा सदस्य  रेशम चौधरीलाई रिहा गर्नुपर्ने माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ ।

थारु कल्याणकारी सभा र थरुहट/थारुवान संघर्ष सिमित लगायतले आइतबारबाट धर्ना सुरु गरेको हो। धर्नामा सहभागीहरुले रेशम चौधरीसहित अर्का थरुहट नेता लक्ष्मण थारु लगायत, अन्य थारूहरुमाथि  लगाइएका मुद्दा खारेज गर्नुपर्ने माग गरेको छ ।

टीकापुर घटना राजनीतिक घटना भएको भन्दै उनीहरुले त्यस घटनासँग जोडेर जेलमा राखिएका सांसद रेशम चौधरी सहितलाई रिहाइ गर्नुपर्ने थारु हरुको माग छ ।

धर्नाको अगुवाइ गरिरहेका थारु कल्याणकारी सभाका महामन्त्री प्रेमीलाल चौधरीले २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटना त्यहाँका थारुहरुले नभइ सीमा पारीबाट आएका अराजक व्यक्तिहरुले घटाएको दावी गरेका छन् । थारु हरु निर्दाेष भएकाले उनीहरुमाथि मुद्दा लगाउने, थुन्ने गर्नु अन्याय भएको प्रेमीलालको भनाइ छ ।

सरकारले झुठा मुद्दा लगाएका कारण धेरै थारुहरू विस्थापित भएको, कोही जेलमा रहेको उनी बताउछन् । सो समयमा गृहमन्त्री रहेका वामदेव गौतमले समेत थारुहरु निर्दाेष रहेको बताइसकेकाले निष्पक्ष छानबिन हुनुपर्ने चौधरीको माग छ ।

माग सम्बोधन नहुँदासम्म हरेक दिन धर्ना चलिरहने प्रेमीलालले जानकारी दिए ।

प्रकाशित : २०७७ चैत्र ९, सोमबार १४:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ