लम्कीमा प्रहरीको गोली लागेर २ युवा घाइते


कैलाली : बसको ठक्करबाट युवतीको मृत्यु भएपछि लम्कीमा स्थानीयले प्रदर्शन गरेका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ ।

गोली लागेर २५ वर्षीय कृष्ण प्याकुरेल र १८ वर्षीय दिपक सन्जेल घाइते भएका छन् । दुवैजनालाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ ।

मंगलबार बिहानै पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्की चोकस्थित टीकापुरतर्फ जाँदै गरेको ना। ६ ख ८८३३ नम्बरको बसको ठक्करबाट पैदल यात्री लम्कीचुहा नगरपालिका(१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको थियो ।

दुर्घटनापछि प्रदर्शनकारीलाई तितरबितर बनाउन हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले बताए । प्रहरीले केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ ।

थापाका अनुसार आक्रोशित स्थानीयबासीसँगको झडपमा ५ जना प्रहरी पनि घाइते भएका छन् । ठक्कर दिने बस र चालक नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ चैत्र १०, मंगलवार १४:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ