प्रदेश २ : जुवा खालबाट २ जुवाडे पक्राउ, ६/७ जना फरार


जनकपुरधाम : पर्सा प्रहरीले जुवा खालबाट दुई जुवाडेलाई नगदसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका नौ का ४० वर्षका उमेश राउत कुर्मी र ३० वर्षका लालबाबु प्रसाद रहेका छन् ।

बहुदरमाई नगरपालिका नौ बिश्रामपुरस्थित बेचु साहको मसुरोबारीमा जुवा खेलाइरहेका क्रममा दुबैजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जुवा खालबाट अन्य ६/७ जना फरार छन् ।

प्रहरीले जुवाको खालबाट २१ हजार २ सय ६० रुपैया नगद समेत बरामद भएको छ । पक्राउ परेका दुबै जनामाथि सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा नैतिकता विरुद्दको कसुर अन्तर्गत अनुसन्धान अगाडि बढाइएको र फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ चैत्र १०, मंगलवार २०:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ