पदाधिकारी विहीन बन्यो लोकसेवा आयोग, सबै परीक्षा अनिश्चित !


काठमाडौँ : लोकसेवा आयोग आजदेखि पदाधिकारीविहीन भएको छ । पदाधिकारीविहीन हुँदा आयोगको काम कारवाहीमा गम्भीर असर पर्ने देखिएको छ ।

६ वर्षअघि नियुक्त अध्यक्ष उमेशप्रसाद मैनाली, सदस्यहरू विन्द्रा हाडा भट्टराई, श्रीपुरुष ढकाल, अशोककुमार झा, व्रह्मदेव राय र कृष्णचन्द्र झाको पदावधि आजदेखि सकिएको हो ।

आयोगमा पदाधिकारी नहुँदा आन्तरिक र खुला प्रतिस्पर्धा, सुरक्षा निकाय तथा संगठित संस्थानतर्फका परीक्षा, उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशन प्रभावित हुने भएको छ । आयोगले यस वर्ष विभिन्न पदका दुई हजार पाँच सय १७ सिटका लागि विज्ञापन आह्वान गरेको थियो ।

जसमा सहसचिव, उपसचिव, शाखा अधिकृत, नायब सुब्बा र खरिदार तथा स्वास्थ्य सेवा समूहका ११औँ, नवौँ, आठौँ, सातौँ र पाँचौँ तहका पद रहेका छन । तर, यी विज्ञापनको परीक्षा अब अनिश्चित भएको छ ।

प्रकाशित : २०७७ चैत्र ११, बुधबार ११:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ