सतर्कता अपनाएर मात्र होली खेल्न मुख्यमन्त्री राउतको आग्रह


जनकपुरधाम : मुख्यमन्त्री लालबाबु राउतले एक वर्षदेखि नै विश्वलाई नै अक्रान्त बनाएको कोरोना महामारीको जोखिम पुनः बढ्दै गइरहेको हुँदा त्यसलाई मध्यनजर गर्दै स्वास्थ्य सतर्कता अपनाई मात्र होली पर्व मनाउन आग्रहसमेत गरेका छन् ।

हिन्दूहरुको महान् पर्व होलीको अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज जारी गरिएको विज्ञप्तिमा मुख्यमन्त्री राउतले सम्पूर्ण हिन्दू धर्मावलम्बीका साथै प्रदेश नं २ का जनसमुदायको सुस्वास्थ्य, दिर्घायु एवं उत्तरोतर प्रगतिको मङ्गलमय शुभकामना प्रकट गरेका हुन् ।

उहाँले जनकपुरधामको ऐतिहासिक तथा सांस्कृतिक धरोहर मिथिलामध्ये परिक्रमामा सहभागी भएका सम्पूर्ण साधुसन्त एवं धर्मानुरागीमा पनि होली पर्वको शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित : २०७७ चैत्र १४, शनिबार १३:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ