आठ युवतीलाई बन्धक बनाई यौन धन्दा चलाउने दुई महिला पक्राउ


झापा : बन्धक बनाई यौन धन्दा चलाएको आरोपमा झापाबाट दुई महिला पक्राउ परेका छन् । बन्धक बनाएर यौन धन्दा चलाएको आरोपमा मोरङ पथरीशनिश्चरे नगरपालिका ३ की ३८ वर्षीया उर्मिला नेम्बाङ र इलामको चुलाचुली गाउँपालिका ४ की ३८ वर्षीया बन्ठी भन्ने नन्दिता साँवा लिम्बु पक्राउ परेका हुन् ।

प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाका अनुसार सोही स्थानबाट १७ देखी ३९ वर्ष उमेर समूहका आठजना युवतीलाई उद्वारसमेत गरिएको छ ।

उनीहरुले दमक नगरपालिका–६ स्थित नयाँ सब्जी मन्डीमा घर भाडामा लिएर युवतीहरूलाई बन्धक बनाएर यौन धन्दा चलाउँदै आएको प्रहरीको भनाइ छ। उक्त घर अभियुक्त नेम्बाङकै भएको बताइएको छ । पीडित महिलाहरूले आफूहरु कामको खोजीमा दमक आएको र काम दिन्छु भन्दै बन्धक बनाएर यौन शोषण गराउँदै आएको बताएका प्रहरीको भनाइ छ ।

उद्वार गरिएका युवती तथा महिलाहरूलाई झापा जिल्ला अदालत भद्रपुरमा पेस गरी आफन्तजनलाई जिम्मा लगाइसकेका छन् । पक्राउ परेका नेम्बाङ र लिम्बुलाई मानव बेचबिखनसम्बन्धी मुद्दा दर्ता गरी अदालतबाट म्याद थपेर आवश्यक कानुनी प्रक्रिया अघि बढाइसकेको डिएसपी थापाले बताए ।

प्रकाशित : २०७७ चैत्र १८, बुधबार १३:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ