काठमाडौं प्रवेश गर्न एन्टीजेन परीक्षण अनिवार्य, भेला रोक्न निर्देशन


काठमाडौं : सरकारले नयाँ प्रजातिको कोरोनाभाइरस फैलिएको भन्दै काठमाडौं उपत्यका प्रवेश गर्नका लागि एन्टीजेन परीक्षण गर्ने जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रिस्तरीय बैठकको निर्णय सुनाउँदै प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौं प्रवेश गर्ने विन्दूहरुमा एन्टीजेन परीक्षण गर्ने बताए ।

सरकारले सबै जिल्ला प्रशासन (डीसीसीएमसी)हरुलाई जिल्लाभित्र भेला, सभा जुलुसहरु रोक्नका लागि ताकेतासहितको निर्देशन दिने निर्णय गरेको छ ।

प्रकाशित : २०७७ चैत्र १८, बुधबार १७:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ