धनुषामा फेरी एक पुरुषको हत्या


जनकपुरधाम : धनुषामा फेरी एक युवकको हत्या भएको छ ।

क्षिरेश्वरनाथ नगरपालिका ३ स्थित आँप बगैचामा एक पुरुषको शंकास्पद हत्या भएको २४ घण्टा नवित्दै औरहीमा अर्का पुरुषको हत्या भएको हो ।

औरही गाउँपालिका २ कपटौलस्थित खेतबारीको बगैचामा बिहीवार साँझ वडा नम्वर ३ का बिजय मण्डलको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

विहान धान रोप्न गएका उनको साँझ हत्या भएको स्थानीयले जनाएको छ । प्रहरीले भने उनको हत्या नै भएको हो भन्ने कुराको पुष्टि हुन नसकेको बताएका छन् ।

शव पोष्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याएको छ ।

क्षिरेश्वरनाथ नगरपालिका ३ मा मृत फेला परेका पुरुषको पहिचान हुन नसकेको प्रहरीको भनाई छ । उनको शव पनि जनकपुर अस्पतालमै राखिएको छ ।

प्रकाशित : २०७७ चैत्र २०, शुक्रबार ०९:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ