सप्तरीमा बाल्टिनमै डुबेर १६ महिने बालिकाको मृत्यू


राजविराज : सप्तरीमा एक बालिकाको पानीमा डुबेर मृत्यु भएको छ ।

बोदेबसाईन नगरपालिका–३ मा एक १६ महिने बालिकाको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले सत्तरीले जानकारी दिएको छ । प्रहरीका अनुसार स्थानीय देबिन यादवकी १६ महिनाकी छोरी अस्मिता कुमारीको मृत्यु भएको हो ।

ट्युबवेलबाट निकालेर लुगा धुनका लागि बाल्टिनमा भरेर राखेको पानीमा बालिका डुबेको प्रहरीले जनाएको छ । बाल्टिनमा उल्टो परेर खसेपछि ती बालिकाको निसासिएर मृत्यु भएको प्रहरीको भनाई छ ।

प्रकाशित : २०७७ चैत्र २०, शुक्रबार २१:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ