सिम्रौनगढको रामजानकी मन्दिरमा २४० वर्ष पुरानो इँटा भेटियो


काठमाडौं : पुरातत्व विभाग काठमाडौंले प्रदेश नं २ को प्रसिद्ध तथा ऐतिहासिक स्थल सिम्रौनगढस्थित रामजानकी मन्दिर जीर्णोद्धार गर्दा करीब २४० वर्ष पुरानो कलात्मक इँटा फेला परेको छ ।

सिम्रौनगढ नगरपालिका २ अमृतगञ्जस्थित सो मन्दिरको जीर्णोद्धार गर्ने क्रममा उक्त कलात्मक इँटा फेला परेको हो । सो इँटा वि.सं. १८३५ र १९३५ को हुनसक्ने बताइएको छ ।

ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल सिम्रौनगढका उचित संरक्षण हुन सकेको छैन ।

फेला परेको उक्त इँटामा विसं उल्लेख गरिएको नगरपालिकाका सदस्य परमानन्द मुखियाले जानकारी दिए । उक्त इँटा फेला परेपछि त्यहाँ विसं १९३५ भन्दा पहिले देखिनै मन्दिर रहेको अनुमान गरिएको छ ।

प्रकाशित : २०७७ चैत्र २२, आईतवार १३:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ