सिरहाकी जानकीदेवी रामले लिइन् सांसदको शपथ


काठमाडौं : नेकपा एमालेकी जानकीदेवी रामले प्रतिनिधिसभा सदस्यको शपथ लिएकी छिन् । प्रतिनिधिसभा सदस्य सानु शिवाको निधनपछि रिक्त रहेको पदमा उनी निर्वाचित भएकी हुन् ।

सिरहा घर भएकी राम प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूह (दलित)बाट निर्वाचित भएकी हुन् । उनलाई सभामुख अग्‍निप्रसाद सापकोटाले आइतबार अपराह्न सिंहदरबारमा पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

शिवाको गत असोज २८ गते निधन भएको थियो । एमालेले रिक्त भएको पदमा रामलाई सिफारिस गर्नेबारे केही दिनअघि निर्णय गरेको थियो ।

गत निर्वाचनमा एमालेले बुझाएको समानुपातिक सूचीमा शिवाको नाम ८५औं स्थानमा थियो । त्यस्तै, ८६औं स्थानमा रहेकी आशाकुमारी विक अहिले सांसद् नै छिन् ।

८७औं नम्बरमा रहेकी धनकुमारी सुनारले पार्टी परित्याग गरेकाले ८८औं नम्बरमा रहेकी रामले अवसर पाएकी हुन् ।

प्रकाशित : २०७७ चैत्र २२, आईतवार १३:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ