महोत्तरीमा गोली चलाउने यादव पक्राउ


जनकपुरधाम : महोत्तरीमा चैत १८ गते गोली प्रहार गरी फरार भएका बर्दिबास नगरपालिका ३ का ३० बर्षीय सन्तोष यादव पक्राउ परेका छन् ।

औरही नगरपालिका ४ मा बर्दिवास नगरपालिका १ का रोशन कोइरालामाथि गोली प्रहार गरेको आरोपमा उनी पक्राउ परेका हुन् । मोटरसाइकलमा घरतर्फ गइरहेका कोइरालाको हात र काखीमा दुई गोली लागेको थियो ।

यादवलाई विशेष सूचनाको आधारमा जलेश्वर नगरपालिका–१ बाट पक्राउ गरिएको महोत्तरी प्रहरीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रञ्जन मिश्रले जानकारी दिए ।

यादवलाई नियन्त्रणमा लिई ज्यान मार्ने उद्योग र हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान गरिरहेको सूचना अधिकारी मिश्रले बताए ।

प्रकाशित : २०७७ चैत्र २६, बिहीबार २१:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ