लहानको सप्तऋषि अस्पतालमा विरामीको मृत्यू, डाक्टरले लापरबाही गरेको भन्दै तोडफोड


जयनाथ यादव, लहान । सिरहाको लहानस्थित सप्तऋषि अस्पतालमा एक विरामीको मृत्यू भएपछि उनका आफ्न्तले डाक्टरले लापरबाही गरेको आरोप लगाएको छ ।

सो अस्पतालमा उपचारको क्रममा सिरहाकै सखुवा ननकारकट्टी २ की अन्दाजी ४३ वर्षीया रामरती यादवको मृत्यू भएको हो । पेट दुखेपछि अस्पतालमा भर्ना भएकी उनलाई डाक्टरले औषधी दिने वित्तिकै ज्यान गएको आफ्न्तको भनाई छ ।

डाक्टरको लापरबाहीकै कारण मृत्यू भएको भन्दै उनका आफ्न्तले अस्पतालमा तोडफोड गरेको छ । अवस्था तनावग्रस्त बनेपछि प्रहरी पुगेको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिएको छ ।

प्रकाशित : २०७७ चैत्र २९, आईतवार १६:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ