धनुषाको नक्टाझिजमा तीन घरमा चोरी, एक चोर पक्राउ


जनकपुरधाम : धनुषाको मिथिला नगरपालिका–२ स्थित नक्टाझिजमा गएराति ३ वटा घरमा चोरी भएको छ । चोरी गर्दै गर्दा स्थानीयहरुले एक जना चोरलाई समातेको छ ।

चोरले ३ जनाको घरमा घरको भित्ता काटेर (सईन) चोरी गरेको स्थानीयले बताएका छन् । चोरले विश्वकर्माचौक स्थित स्थानीय ओपेन्द्र महतो, बम राय र स्वास्थ्य चौक नजिक भगलु महतोको घरमा घरको भित्ता (सईन) काटेर चोरी गरेको हो ।

चोरी गर्दे गर्दा भगलु महतोको घरमा एक चोर समातिएको छ । चोरलाई राति नै ईलाका प्रहरी कार्यालय महेन्द्रनगरेको जिम्मा लगाएको स्थानीयहरुले बताएका छन् ।

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले एक जना चोर समातिएको बताएपनि चोरको विषयमा अनुसन्धान भईरहेकोले नाम ठेगाना खोल्न चाहेका छैनन् ।

टुडेपाटी

प्रकाशित : २०७७ चैत्र ३१, मंगलवार ०९:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ