सर्लाहीमा कोरोना संक्रमित बढ्दै, आईसीयु र भेन्टिलेटरको अभाव


सर्लाही । सर्लाहीमा कोरोना संक्रमितको संख्या बढिरहे पनि यसको रोकथाम र नियन्त्रणका लागि आवश्यक तयारी गरिएको छैन ।

जिल्लाका अस्पतालहरुमा आईसीयु तथा भेन्टिलेटरको समेत व्यवस्था छैन । सबै पालिकाले कोभिड अस्पताल समेत सञ्चालन गर्न सकेका छैनन् ।

प्रदेश सरकारले सबै जिल्लामा पिसिआर मसिन जडान गर्ने निर्णय गरे पनि हालसम्म जडान भएको छैन । क्वारेन्टिनको व्यवस्थामा समेत ध्यान दिएको छैन ।

जिल्ला अस्पतालका प्रमुख डा संजीव सिंहले भने माथिबाट आउने निर्देशन अनुसारको तयारी गर्ने बताए । उनका अनुसार कुनै चेकजाँच बिनै मानिसहरु भारतीय सीमा नाकाबाट वारपार गरिरहेका छन् ।

प्रकाशित : २०७८ बैशाख २, बिहीबार १९:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ