सोमबार कोरोनाबाट थप ८ जनाको मृत्यू, १२ सय ८१ संक्रमित थपिए


काठमाडौं । सोमबार मुलुकमा १२ सय ८१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ७ हजार ५४८ परीक्षणमा ती संक्रमित थपिएका हुन् ।

बितेको २४ घण्टामा थप ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २५५ जना निको भएका छन् ।

आजसम्म कूल संक्रमित संख्या २ लाख ८५ हजार ९ सय पुगेको छ भने कूल मृत्यु ३ हजार ९१ पुगेको छ ।

प्रकाशित : २०७८ बैशाख ६, सोमबार १६:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ