संसद सदस्यबाट कारवाही किन नगर्ने भन्दै एमालेले ३२ जनालाई सोध्यो स्पष्टीकरण (सूचीसहित)


काठमाडौं । नेकपा एमालेले कांग्रेस-माओवादीबाट प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउँदा माधव नेपाल पक्षले ‘फ्लोर क्रस’ गरेर साथ दिने जानकारीपछि माधव नेपाल र झलनाथ खनालसहित प्रतिनिधिसभाका २७ जना सांसदलाई कारवाही प्रक्रिया अघि बढाएको छ ।

सोमवारको केन्द्रीय कमिटी बैठकले यसअघि निलम्बन गरिएका चार नेतासहित कर्णालीका फ्लोर क्रस गर्ने, गर्न उक्साउने र संघीय संसदमा पनि फ्लोर क्रस गर्ने बैठकहरूमा सहभागी भएका सांसदलाई दुई दिनको समय दिएर स्पष्टीकरण मागेको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेको एकै व्यहोराको स्पष्टीकरणमा विभिन्न आरोप लगाउँदै तपाईंलाई किन कारवाही नगर्ने ? भनी प्रश्न गरिएको छ । प्रमुख सचेतक विशाल भट्टराई र एमाले कार्यालय सचिव ईश्वरी रिजालले स्पष्टीकरण पत्र सम्बन्धित व्यक्तिको इमेलमा पठाएका छन् । कतिपयलाई संसदको पिजन होलमार्फत दिइएको छ ।

एमाले सांसद झपट रावलले चार बुँदे आरोपसहितको स्पष्टीकरण आफूले इमेलबाट प्राप्त गरेको बताए ।

१) माधवकुमार नेपाल

२) भीम रावल

३) सुरेन्द्र पाण्डे

४) घनश्याम भुसाल

५) पवित्रा निरौला

६) झपट रावल

७) मेटमणि चौधरी

८) यज्ञराज सुनुवार

९) जीवनराम श्रेष्ठ

१०) झलनाथ खनाल

११) विरोध खतिवडा

१२) सोमप्रसाद पाण्डे

१३) भवानी खापुङ

१४) नारायण खतिवडा

१५) जयकुमार राई

१६) गणेश पहाडी

१७) दिपकप्रकाश भट्ट

१८) योगेशकुमार भट्टराई

१९) हिराचन्द्र केसी

२०) पुष्पाकुमारी कर्ण कायस्थ

२१) कल्याणी खड्का

२२) लक्ष्मीकुमारी चौधरी

२३) सरलाकुमारी यादव

२४) कृष्णलाल महर्जन

२५) नीरादेवी जैरु

२६) मुकुन्द नेउपाने

२७) रामकुमारी झाक्री

कर्णाली प्रदेशका सांसदः

१) प्रकाश ज्वाला

२) नन्दसिंह बुढा

३) कुर्मराज शाही

४) अम्बरबहादुर थापा

५) देवी ओली

प्रकाशित : २०७८ बैशाख ७, मंगलवार १३:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ