प्रदेश २ मा भोलि सार्वजनिक विदा


जनकपुरधाम । प्रदेश २ सरकारले रामनवमीको दिन भोलि सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री लालबाबु राउतले शुभकामना सन्देश जारी गर्दै रामनवमीको अवसरमा सार्वजनिक बिदा दिएको जनाएका छन् ।

कोरोना महामारीको विषम परिस्थितिमा स्वास्थ्य मापदण्ड र सरकारले जारी गरेको निर्देशनहरुको पालना गर्न पनि प्रदेशवासीसँग मुख्यमन्त्री राउतले अनुरोध गरेका छन् ।

रामनवमीको अवसरमा भव्य कार्यक्रम हुने जनकपुरस्थित राम मन्दिर र जानकी मन्दिरमा पछिल्ला २ वर्षमा कोरोना कहरको प्रभाव परेको छ ।

प्रकाशित : २०७८ बैशाख ७, मंगलवार १८:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ