४ लाख १५ हजार नक्कली नोटसहित ३ कारोबारी पक्राउ


धरान : सुनसरीबाट प्रहरीले नक्कली नोटको कारोबार गर्ने तीन जनालाई पक्राउ गरेको छ । ४ लाख १५ हजार रुपैयाँ नक्कली नोटसहित तीन जनालाई पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-१९ का ६६ वर्षीय टेकबहादुर तामाङ, हरिनगर गाउँपालिका-२ का २४ वर्षीय नजिम साफी र धरान-१७ का महेन्द्र तामाङ छन् । उनीहरूको साथबाट एक हजार दरले ४१५ थान नक्कली नोट बरामद भएको छ ।

उनीहरूलाई इनरुवा-४ स्टार होटल अगाडिबाट पक्राउ गरिएको हो । ‘ती नोट कलर फोटोकपी गरेजस्तो देखिन्छ । कतै छापेको हो वा फोटोकपी गरेको हो भन्नेबारे खुलेको छैन,’ प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले भने, ‘विधिविज्ञान प्रयोगशालामा परीक्षणपछि भन्न सकिन्छ ।’

पक्राउ परेका तिनै जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ को मुद्दा सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान थालिएको कार्कीले बताए ।

प्रकाशित : २०७८ बैशाख ८, बुधबार १५:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ