यादवले पाए काँग्रेस केन्द्रीय निर्वाचन समिति संयोजकको जिम्मेवारी


काठमाडौं : नेपाली काँग्रेसले केन्द्रीय निर्वाचन समितिको संयोजकको जिम्मेवारी महादेवप्रसाद यादवलाई दिने भएको छ ।

बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी सम्मिलित बैठकले कानुन व्यवसायी यादवलाई समिति संयोजक तोक्ने निर्णय गरेको हो । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकले समिति  संयोजक नियुक्ति गर्ने निर्णय गरेको छ ।

यसअघि केन्द्र निर्वाचन समिति संयोजक राधेश्याम अधिकारी थिए । गत चैत २० गतेको पार्टी केन्द्रीय कार्यसमिति बैठकमा अधिकारीले राजीनामा बुझाएका थिए ।

सोही बैठकले अधिकारीको राजीनामा स्वीकृत गरेको थियो । उनी राष्ट्रियसभाका पूर्व सदस्य तथा पूर्व महान्याधिवक्ता समेत हुन् ।

प्रकाशित : २०७८ बैशाख ८, बुधबार १५:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ