जनकपुरसहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा


जनकपुरधाम : जनकपुरधामसहित देशका विभिन्न स्थानमा आज बिहानैदेखि वर्षा भइरहेको छ । आकाश बादलले ढाकेको छ भने मेघ गर्जिरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले विहान ५/६ बजेबाट वर्षा सुरु भएको बताइन् । उनका अनुसार वर्षा गराउने मौसम प्रणाली दक्षिण भारतबाट प्रदेश ३ हुँदै प्रवेश गरेको हो ।

प्रदेश २ मा वर्षा गराई अहिले यो प्रणाली क्रमशः बागमती, गण्डकी हुँदै अब प्रदेश १ तिर सर्ने क्रममा छ । ‘काठमाडौंमा अब ४०/४५ मिनेटपछि पानी पर्न रोकिने सम्भावना देखिएको छ,’ वरिष्ठ मौसमविद् मानन्धरले सँग भनिन्, ‘त्यसपछि वर्षा प्रदेश १ तिर सर्न सक्छ ।’

तर आज दिनभर देशैभर मौसम खुल्ने सम्भावना छैन । वरिष्ठ मौसमविद् मानन्धरका अनुसार प्रिमनसुन भएकाले हावाहुरी र चट्याङको सम्भावना पनि रहन्छ ।

केही दिनयता ठूलो वर्षा नभए पनि पानी परिरहेकाले वायु प्रदूषणको मात्रा केही कम भएको उनको अनुमान छ।

‘तर रातिबाट फेरि मौसम सुधार (वर्षा रोकिने) हुने देखिएको छ,’ उनले भनिन्।

प्रकाशित : २०७८ बैशाख ९, बिहीबार ०६:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ