प्रदेश २ को नाम ‘मधेस प्रदेश’ राख्न सकिदैन : माधव नेपाल


जनकपुरधाम । नेकपा एमालेका बरिष्ट नेता माधव कुमार नेपालले प्रदेश २ को नाम ‘मधेस’ राख्न नसकिने बताएका छन् ।

जनकपुरस्थित पार्टी कार्यालयमा शुक्रवार विहान आयोजित पत्रकार सम्मेलनमा उनले जनक वा जानकी प्रदेश नाम राख्नुपर्ने धारणा राखे । उनले भने, ‘जनकपुरको गरिमा संसारमा छ । विश्वका हिन्दुहरुको महत्वपूर्ण तीर्थस्थल हो । राम–जानकीको विवाह मण्डप यहाँ छ । त्यसैले यहाँको पहिचान खुलाउनुपर्छ ।’

उनले आफू मधेसकै सन्तान भएको तर प्रदेशको नाम मधेस राख्नु उपयुक्त नहुने औल्याए । मधेस प्रदेश नाम राख्दा के हुन्छ भन्ने जिज्ञासमा उनले भने, ‘तपाईले जे जे भन्नुहुन्छ, त्यही हुँदैन नी । तपाईको नाम फेर्यो भने हुन्छ ?’

नाम के राख्दा ठिक हुन्छ भन्ने विषयमा छलफल गर्नुस् तर देशको इज्जत बढाउने नाम यस प्रदेशको राख्नुपर्ने नेता नेपालको सुझाव थियो ।

भिडियो हेर्नुहोस् :

https://www.youtube.com/watch?v=0_Dw8-Laz2Q
प्रकाशित : २०७८ बैशाख १०, शुक्रबार १३:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ