आगामी फागुनभित्र स्थानीय तहको निर्वाचन गर्ने तयारी


काठमाडौं : स्थानीय तहको निर्वाचन आगामी फागुनभित्र गर्ने तयारी सरकारले गरेको छ ।

शुक्रबार बसेको सत्तारुढ एमालेको महाधिवेशन आयोजक कमिटी बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले उक्त जानकारी दिएका हुन् । ओलीले चुनावका लागि आजैदेखि लाग्न सबै स्थानीय कमिटीहरुलाई निर्देशन दिए ।

यस्तै, एमालेले राष्ट्रिय सभाको उपचुनावमा रामबहादुर थापा ‘बादल’ लाई नै उम्मेदवार बनाउने भएको छ ।बैठकमा बोल्दै अध्यक्ष केपी ओलीले माओवादीले बादललाई कारबाही गरेपछि रिक्त स्थानमा उनैलाई उम्मेदवार बनाउने बताएका हुन् ।

‘हाम्रोपार्टीतिर लागेका कारणले माओवादीले कारबाहीको नाममा रिक्त बनाएका पदहरु ३५ दिनदेखि ६ महिनाभित्र हुने चुनावमा पुनः जिताएर ल्याइनेछ । हामीले निष्कासन गरेका मान्छेहरुले दोहो-याएर जित्दैनन् । जेष्ठ ६ गते हुने राष्ट्रिय सभा निर्वाचनमा रामबहादुर थापा नै हाम्रो उम्मेदवार हो । उपयुक्त समयमा औपचारिक निर्णय गरिनेछ,’ उनले भने ।

प्रकाशित : २०७८ बैशाख १०, शुक्रबार १६:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ