नयाँ रिसर्चको डरलाग्दो खुलासाः कोरोना ठिक भएपछि पनि हुनसक्छ मृत्यु


एजेन्सी : कोरोनाभाइरस (कोभिड १९) ठिक भइसकेको व्यक्तिहरुको पनि ६ महिनाभित्र मृत्यु हुनसक्ने सम्भावना बढी रहने एक अनुसन्धानमा फेला परेको छ ।

भारतीय मिडिया लाइभहिन्दुस्तान डटकममा प्रकाशित एक समाचारअनुसार यसमा ती व्यक्तिहरु पनि पर्छन्, जसले कोरोना संक्रमणका कारण अस्पतालमा नै चाहिँ भर्ना हुनु परेको छैन ।

यो खुालासा कोभिड १९ बारे अहिलेसम्म गरिएका अध्ययनमध्ये सबैभन्दा बृहत अध्ययनमा गरिएको हो । नेचर नामको पत्रिकामा बिहीबार प्रकाशित एक रिसर्चका अध्ययनकर्ताहरुका अनुसार अहिले विश्वभर यस्तो समस्या देखिन थालेको छ ।

अमेरिकाको वासिङटन विश्वविद्यालयमा स्कुल अफ मेडिसिनका अध्ययनकर्ताहरुले कोभिड १९ सम्बन्धी विभिन्न रिसर्च गर्दा यो पत्ता लगाएका हुन् ।

समाचारअनुसार कोरोना ठिक भइसकेको व्यक्तिमा सासप्रश्वासमा समस्या, अनियमित मुटुको धड्कन, मानसिक स्वास्थ्यको समस्या तथा कपाल झर्ने समस्या देखिएको छ ।

प्रकाशित : २०७८ बैशाख १०, शुक्रबार २२:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ