कोरोना संक्रमण बढ्न थालेपछि बाँके र बर्दियामा निषेधाज्ञा !


टुडेखोज, काठमाडौं : कोरोना संक्रमण तीब्र गतिमा बढ्न थालेपछि बाँके र बर्दिया जिल्ला प्रशासन कार्यालयले आज मध्यरातिदेखि एक साता निषेधाज्ञा जारी गरेका छन् ।

बाँके जिल्लाभर निषेधाज्ञाको निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए । उनका अनुसार सोमबार राति १२ बजेदेखि वैशाख २० गते राति १२ बजेसम्म निषेधाज्ञा लागु हुने छ ।

बर्दिया जिल्लामा पनि आज मध्यरातिदेखि वैशाख १९ गते मध्यरातिसम्म निषेधाज्ञा गरिएको छ । छिमेकी जिल्ला बाँकेमा कोरोना संक्रमण दर बढ्दै गएपछि बर्दिया प्रशासनले पनि निषेधाज्ञा गरेको हो ।

निषेधाज्ञामा स्वास्थ्य, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दमकल, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, एम्बुलेन्स, तरकारीबाहेकका व्यवसाय पनि बन्द गर्न प्रमुख जिल्ला अधिकारीबाट जारी आदेशमा भनिएको छ ।

जिल्लमा अनुमति प्राप्त, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायबाहेकको सवारीसाधन सञ्चालनमा पनि रोक लगाइएको छ । निषेधाज्ञा गुलरिया नगरपालिका ५ र ६, बाँसगढी नगरपालिकाको बजार क्षेत्र, बारबर्दिया नगरपालिकाको जयनगर र कतर्निया बजार क्षेत्र, मधुवन नगरपालिकाको लालीबजार र ओराली बजार क्षेत्रमा लागू हुने छ ।

प्रकाशित : २०७८ बैशाख १३, सोमबार ११:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ